सुदूरपश्चिममा आज सार्वजनिक बिदा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिममा आज सार्वजनिक बिदा


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आज भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ ।

तराईवासी थारु समुदायमा आज र भोलि दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

कैलाली सहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।

सम्बन्धित समाचार : सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा 

Tags :
प्रतिक्रिया दिनुहोस