केही विद्यालय र वडामा क्रिकेट नेट र प्रशिक्षकको व्यवस्था गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केही विद्यालय र वडामा क्रिकेट नेट र प्रशिक्षकको व्यवस्था गर्ने तयारी


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडाहरूमा क्रिकेट नेट राख्ने भएको छ ।

महानगरका मेयर बालेन्द्र साह बालेन र बागमती क्रिकेट सङ्घका अध्यक्ष पारस खड्काबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौँबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए ।

त्यस्तै, कुशल प्रशिक्षकहरूको पनि अभाव रहेको जनाउँदै बागमती सङ्घको सहकार्यमा काठमाडौँ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस