बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा सुरु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा सुरु


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । बागलुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड अनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले परीक्षाको सुरुआत गरेका थिए । उनले यो अभियान अब नरोकिने गरी सुरु भएको समेत बताए । यस अघि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका परीक्षार्थीले लाइसेन्सका लागि पोखरा वा अन्यत्र जानुपर्ने बाध्यता थियो ।

मापदण्ड पुगेको पूर्वाधार अभाव भएपछि यातायात व्यवस्था कार्यालयले भाडामा लिन बोलपत्र आव्हान गरेको थियो । पहिलो पटकको बोलपत्रमा पूर्वाधार पुगेका निजी क्षेत्र समेत नभेटिएपछि फेरी दोस्रो पटक आव्हान गर्दा यहाँको धौलागिरि ड्राइभिङ सेन्टर प्रालिको मापदण्ड पुगेको भेटिएको हो । उक्त संस्थासँग सम्झौता गरेर यातायात व्यवस्था कार्यालय बागलुङले परीक्षा थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस