जिल्ला अदालत गुल्मी मुद्दा फर्स्योटमा अब्बल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

जिल्ला अदालत गुल्मी मुद्दा फर्स्योटमा अब्बल


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । जिल्ला अदालत गुल्मी मुद्दा फर्स्योटमा अब्बल देखिएको छ । तर फैसला कार्यान्वयनमा कमजोर देखिएको छ । अदालतले सार्वजनिक गरेको विवरणअनुसार जिल्ला अदालत गुल्मीले लक्ष्यभन्दा एक सय चार थान बढी मुद्दा फर्स्योट गरेको छ ।

आर्थिक वर्ष ०७८–७९ बाट जिम्मेवारी सरेर आएका एक सय ८९ मुद्दा थिए । गत आर्थिक वर्षमा चार सय ७२ थान गरेर सात सय १२ थान मुद्दामध्ये पाँच सय ७६ थान अर्थात् ८०.८९ प्रतिशत मुद्दा फर्स्योट भएका छन् । अदालतको योजनाअनुसार गत वर्ष फर्स्योट गर्नुपर्ने चार सय ७२ थान मुद्दा रहेका छन् ।

जिल्ला-७९ मा चार सय ९६ वर्ष ६ महिना एक दिन कैद जिम्मेवारी सरेर आएको थियो । गत आर्थिक वर्ष तीन सय २१ वर्ष दुई महिना १५ दिन गरेर आठ सय १७ वर्ष आठ महिना १६ दिनको जम्मा लगतमध्ये दुई सय ३२ वर्ष ६ महिना २१ दिन कैद फर्स्योट भएको छ । अदालतले अहिलेसम्म पाँच सय ८५ वर्ष एक महिना २५ दिन कैद फर्स्योट गर्न बाँकी रहेको जनाएको छ ।

जरिवाना आर्थिक वर्ष ०७८-७९ मा जिम्मेवारी सरी आएको आठ करोड ४७ लाख ६५ हजार ६ सय २७ र नयाँ दर्ता दुई करोड ७५ लाख ५८ हजार ६ सय चारसहित कुल ११ करोड २३ लाख २४ हजार दुई सय ३२ मध्ये २७ लाख १७ हजार ७१ रुपैयाँ मात्रै फर्स्योट गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस