नेपालगन्ज विमानस्थलबाट फरार कर अधिकृत प्रहरी सम्पर्कमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालगन्ज विमानस्थलबाट फरार कर अधिकृत प्रहरी सम्पर्कमा


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपालगन्ज विमानस्थलबाट भागेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका एक कर अधिकृत पनि प्रहरीको सम्पर्कमा आएका छन्।

कर अधिकृत खगेन्द्र सापकोटाबाट सोमबार बिहान स्रोत नखुलेको २६ लाख रकम फेला परेको थियो। उनीसँगै यात्रा गरिरहेका अर्का अधिकृत दीपक पौडेल भागेका थिए। कर अधिकृत पौडेल प्रहरीको सम्पर्कमा आएको बाँके प्रहरीले जनाएको छ । 

त्यसअघि विमानस्थलबाट फरार कर अधिकृत पौडेल सम्पर्कविहीन थिए। पछिल्लो समय भने उनी सम्पर्कमा आएको र आफैँ प्रहरी कार्यालयमा आउने बाचा गरेको प्रहरीको भनाई छ ।   

सोमबार बिहान ७ बजे बाँकेको राँझा विमानस्थलबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सापकोटालाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो। 

चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको २६ लाख रकम भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

सम्बन्धित समाचार: कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन नसकेपछि अख्तियारलाई बुझाइयो

सम्बन्धित समाचार: नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित एक कर्मचारी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस