नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित एक कर्मचारी पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित एक कर्मचारी पक्राउ


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । 

विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले प्रशासनलाई बताए । सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ आउँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस