काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काँग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् ।
नेपाल प्रेस युनियन रामेछापले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले गुटगत विभाजन रोक्न नसके काँग्रेस अझै ठूलो समस्यामा पर्ने बताएका हुन् ।
उनले वर्षात सकिएलगत्तै देश दौडाहामा जाने भन्दै आम कार्यकर्ताले काँग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए ।
डा. कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए ।