Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय : मन्त्री शर्मा


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ।

शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन्।

उनले प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताइन्। उनले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गरिन्। उनले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ। तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरूसँग सम्बन्धित निकायसँग कोर्डिनेशन गरेर एजेण्डाका विषयमा तयारी भइरहेका छन्। अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुङ्गो लगाउने प्रक्रिया शुरु भएको छ। द्विपक्षीय कुरा भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रूपमा नै यसको स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन्। कतिपय कुरा ध्यानाकर्षण गराउने ढङ्गले लैजानेछौँ। अमेरिकाबाटै चीन जाने भन्ने कुरा राम्रो होइन भन्ने छ, के मान्ने र त्यसलाई त रु यो भ्रमणको कुरा हो, उद्देश्यमा पुग्ने कुरा हो। कहाँबाट कुन बाटो पर्‍यो भन्ने कुरा प्राविधिक कुरा हो। त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन। उहाँहरूले कुन ढङ्गबाट उठाउनु भयो, सकारात्मक ढङ्गबाटै उठाउनु भयो भन्ने बुझौँ। बाटो, रुट कुन अपनाइयो भन्ने कुरा प्राविधिक कुरा हो। यसमा कुनै नियत, विषयवस्तु छैन।’

प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताइन्।  

Tags :
प्रतिक्रिया दिनुहोस