चिकित्सा आयोग र सीटीईभीटीको विवाद समाधान गर्न कार्यदल बनाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिकित्सा आयोग र सीटीईभीटीको विवाद समाधान गर्न कार्यदल बनाइने


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादका बारेमा अध्ययन गर्न कार्यदल बनाउने निर्णय भएको छ ।

शुक्रबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कार्यदल बनाउने निर्णय गरेको हो ।

बैठकले दुई निकायबीचको विवादका कारण चिकित्सा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै थप अध्ययन गरी निष्कर्षमा पुग्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस