प्रधानमन्त्री प्रचण्डले दिए श्रीकृष्ण जन्माष्टमीको शुभकामना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री प्रचण्डले दिए श्रीकृष्ण जन्माष्टमीको शुभकामना


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आज हिन्दु धर्मालम्बीहरुले मनाइरहेको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएका हुन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत सामाजिक सद्भाव,एकता र नेपालीको शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘कृष्णाष्टमी २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस