ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष साबित भए : ‘प्रचण्ड’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष साबित भए : ‘प्रचण्ड’


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् ।

समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा ‘प्रचण्ड’ले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष साबित भएको बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष साबित भएको ‘प्रचण्ड’को भनाइ छ ।

‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैँको टेन्सन सकियो,’ उनले भने, ‘त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’

नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै ‘प्रचण्ड’ले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस