स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि गर्छ : अर्थमन्त्री « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि गर्छ : अर्थमन्त्री


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको आर्थिक एवम् सामाजिक नीतिलाई कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढङ्गले प्रस्तुत गर्ने क्षमता विकसित गर्नुपर्ने बताएका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा बाल्दै  मन्त्री डा. महतलेभने,  ‘प्रतिस्पर्धाको बीचमा प्राथमिकता सेट गर्नुभन्दा अगाडि हामीले हाम्रो क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ ।’

यो क्षमता वृद्धि नभएकाले आर्थिक क्षेत्रमा विश्व समुदायले नेपाललाई ‘स्मल टाइनी’ उपाधि दिइरहेको उनले बताए ।

सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुने भन्दै उनले कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।

चीन, भारत वा अमेरिकासँग हामीले डिल गर्दा नेपालको स्वार्थलाई प्राथमिकतामा राखेर कुरा गर्दा नेपालले आफ्नो कुरा गरिरहेको ती मुलुकले बुझ्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस