`एमाले ठूलो धाँजा परेर विस्फोट हुने अवस्थामा छ : ‘प्रचण्ड’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

`एमाले ठूलो धाँजा परेर विस्फोट हुने अवस्थामा छ : ‘प्रचण्ड’


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेको दाबी गरे ।

उनले भने, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पङ्क्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरु हुन्छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप लगाए । ओलीकै कारणले एमालेप्रति जनतामा निराशा बढेको उनको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस