जबरजस्ती करणी अभियोग लागेका इन्जिनियर पोखरेल पुर्पक्षका लागि थुनामा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जबरजस्ती करणी अभियोग लागेका इन्जिनियर पोखरेल पुर्पक्षका लागि थुनामा


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । यही भदौ ८ गते न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजनाको निर्देशक रहेका बेला पोखरेलले घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

पीडितलाई डरधम्की देखाई प्रलोभनमा पार्न खोजेका रामजी भन्ने चेतन न्यौपाने र रन्जितकुमार जैसवाललाई जनही तीन लाख पचास हजार धरौटीमा रिहा गरेको छ । पीडितले आफूमाथि भएको बलात्कारजस्तो जघन्य अपराध विरुद्ध मुद्धामामिला थालेपछि न्यौपाने र जैसवाल लगायतले प्रलोभनमा पारेर मिलापत्र गर्न दबाब दिएका थिए । उनीहरू विरुद्ध पनि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा फितलो बनाउन र मिलापत्र गर्न प्रयास गरेका भोजराज रेग्मी र अमन तामाङ भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस