अख्तियारद्वारा सुन प्रकरणमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा सुन प्रकरणमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ। ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरूको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरूलगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।

आज मात्रै त्यहाँस्थित कर्मचारीले सामूहिक सरुवा गरी पाउ भन्दै निवेदन दिएका छन् ।

सम्बन्धित समाचार : भन्सारका अधिकृतसहित १३७ कर्मचारीद्वारा सामूहिक सरुवाको माग

Tags :
प्रतिक्रिया दिनुहोस