एकै दिन सबै पालिकामा प्रतिनिधि छनोट गर्ने कोशी एमालेको निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एकै दिन सबै पालिकामा प्रतिनिधि छनोट गर्ने कोशी एमालेको निर्णय


११ भाद्र २०८०, सोमबार


काठमाडौँ। नेकपा एमालेले कोशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

प्रदेश कमिटीको आइतबार बसेको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटीका अनुसार असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । सर्वसम्मत रूपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने बताइएको छ ।

एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । लामाका अनुसार सबै पालिकाबाट गरी प्रदेश अधिवेशनमा एक हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउनेछन् ।

प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरूलाई एकै दिन भदौ २३ गते शपथग्रहण गराउने निर्णय पनि गरेको छ ।

प्रदेश अधिवेशन सञ्चालनका लागि १४ वटा उपसमिति गठन गरेको प्रदेश कमिटी बैठकले कोशी प्रदेशको समृद्धिको खाका तयार गर्नका लागि तीन सदस्यीय कार्यदल पनि बनाएको छ । पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बसेको कार्यदलमा अर्का पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुबोध प्याकुरेल सदस्य छन् ।

कार्यदलले बनाएको दस्ताबेजलाई अधिवेशनमा पेश गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस