दार्चुलामा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दार्चुलामा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।

आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस