प्रधानमन्त्रीद्वारा भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास हस्तान्तरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीद्वारा भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास हस्तान्तरण


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तान्तरण गरेका छन् ।

प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।

सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौँ आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस