ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त शाहविरुद्ध मुद्दा नचलाउने निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त शाहविरुद्ध मुद्दा नचलाउने निर्णय


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । सहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई प्रतिवादी नबनाउने निर्णय भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अवकाश प्राप्त सहसचिव शाहलाई सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा नचलाउने भएको हो ।

सीआईबीले भने उनीविरुद्ध २९ करोड ३२ लाख मागदाबीसहित मुद्दा चलाउन राय दिएको थियो ।

६२ दिन हिरासतमा राखेर अनुसन्धान भएपनि मुद्दा चलाउने बेला सरकारी वकिलको कार्यालय, काठमाडौँले उनलाई प्रतिवादी नबनाउने निर्णय गरेको हो ।

सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखाएको थियो ।

शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईँको नाममा कित्ता नम्बर ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो ।

तर, सरकारी वकिलले उनीविरुद्ध पनि मुद्दा नचलाउने निर्णय गरेको छ । मुद्दा नचलाउने निर्णय गर्दा के आधार सरकारी वकिलले लिएको छ भन्ने स्पष्ट भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस