२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

अ+ अ-

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरीले दिने सेवालाई छिटोछरितो र थप प्रभावकारी बनाउन प्रविधिसँग जोड्नुपर्ने बताएका हुन्।

“आफू प्रदेशको कानुनमन्त्री हुँदा ४१ प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको थियो”, उनले भने, “प्रदेशभित्र जीर्ण अवस्थामा रहेका सबै प्रहरी चौकी निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ ।”

प्रदेश सरकारअन्तर्गतका प्रहरी कार्यालयहरुले ‘प्रहरी मेरो साथी’ भन्ने अवधारणा अनुरूप काम गरिरहेका भन्दै मुख्यमन्त्री जम्कट्टेलले व्यवस्थित र सुविधा सम्पन्न भवन भएमा प्रहरीलाई सेवा प्रवाहमा थप सहजता हुने बताए । उनले अब बन्ने सबै भवन प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै हेटौँडा-१८ डिपो चौरमा प्रहरी अस्पताल निर्माणका लागि प्रदेश सरकारले रू. तीन करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रहरी सेवामा थुप्रै अभाव भए पनि शान्ति सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरी सेवालाई प्रदेशमा समायोजन गरेपछि विद्यमान सबै समस्या समाधान हुने बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी सेवालाई प्रदेश मातहतमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजनपश्चात् समस्या समाधान हुने बताए । उनले यस वर्ष प्रहरी भवन निर्माणका लागि बजेट विनियोजन नभए पनि जीर्ण अवस्थामा रहेका चौकी मर्मतका लागि बजेट नरोकिने जानकारी दिए ।

ठूलो दमार प्रहरी चौकीमा १८ जना जनशक्ति रहनसक्ने गरी साढे दुई तले कार्यालयसहित ब्यारेक भवन निर्माण गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिए । उनका अनुसार भवन निर्माणका क्रममा रू. दुई करोड ३५ लाख ८६ हजार खर्च भएको छ । प्रदेशमा पहिलो चरणमा ४६ र दोस्रो चरणमा दुई गरी ४८ प्रहरी इकाइको निर्माण सम्पन्न भई समुद्घाटनसमेत भइसकेको राणाले बताए ।

कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतको सहभागिता थियो ।