बागमती सरकारले पुर्‍यायो मन्त्रालय संख्या १२  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती सरकारले पुर्‍यायो मन्त्रालय संख्या १२ 


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । बागमती सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको छ । यसअघि एउटा मन्त्रालय थप गर्ने सत्तारुढ गठबन्धनका दलहरूको सहमति अनुसार मङ्गलवार मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या १२ वटा हुने निर्णय गरेको हो ।

बागमती प्रदेशमा ७ जेठमा मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रिपरिषद्को सदस्य संख्या १२ पुर्‍याइएको थियो तर मन्त्रालय संख्या ११ वटा मात्र थियो । काँग्रेसका नेता रामकृष्ण चित्रकार विना विभागीय मन्त्री थिए ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले हालै थप गरिएको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी चित्रकारलाई दिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

अब बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय (रामकृष्ण चित्रकार), कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछन्

Tags :
प्रतिक्रिया दिनुहोस