काँग्रेसको निर्वाचन समिति संयोजकमा खाती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसको निर्वाचन समिति संयोजकमा खाती


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती मनोनीत भएका छन् । त्यस्तै, केन्द्रीय अनुशासन समितिमा चार सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा ३४ (७) बमोजिम समितिको सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई अनुशासन समितिको सदस्यमा मनोनीत गरेका हुन् ।

अनुशासन समितिको संयोजकमा यसअघि नै केन्द्रीय सदस्य आनन्द ढुङ्गाना मनोनीत भइसकेका थिए । अनुशासन समितिमा मनोनीत चारै जना नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिका सदस्य हुन् ।

निर्वाचन समितिको संयोजकमा मनोनीत भएका खाती पूर्वमहान्यायधिवक्ता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस