शीतल निवासमा सर्वदलीय बैठक जारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शीतल निवासमा सर्वदलीय बैठक जारी


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा डाँकेको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठकमा संसदको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । आजको बैठकमा राष्ट्रपतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागी छन् ।

उद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र केही दलका नेतासँग समेत छलफल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस