काठमाडौँ । कोशी प्रदेश सभाको बैठक बसिरहेको छ । अध्यक्ष मण्डलमा रहेका इस्राईल मन्सुरीले प्रदेशसभाको अध्यक्षता गरेका छन् । आज कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
बैठकमा उपसभामुखसहित एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । सभामा प्रतिपक्षका ३० जना सांसद उपस्थित छन् ।
गठबन्धनले संविधानको प्रावधान नै मिचेर अध्यक्षता गरिरहेका सांसदबाट विश्वासको मतको पक्षमा मतदान गराई बहुमत पुर्याउने तयारी गरेको छ ।