राम्रो काम गर्दा सरकारमाथि विपक्षी र सत्तापक्षबाटै घेराबन्दी भयो : वर्षमान पुन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राम्रो काम गर्दा सरकारमाथि विपक्षी र सत्तापक्षबाटै घेराबन्दी भयो : वर्षमान पुन


४ भाद्र २०८०, सोमबार


barsaman-pun

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् ।

पार्टी सम्बद्ध पेशागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको बताएका हुन् ।

सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो ।

पुनले भने, ‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेराहरू तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ ।’

उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे । वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस