२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवेन्द्र पौडेलको समीक्षा : अब जनतातिर नफर्के पार्टी रहँदैन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनतातिर नफर्केकै कारण पार्टी निरन्तर ओरालो लागेको बताएका छन् । आइतबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारकै नेतृत्व गरेको भए पनि अब जनतातिर नफर्किने हो भने पार्टीको जीवन नरहने धारणा राखेका छन् ।

यही निष्कर्षसहित गत साउन २१ गते सकिएको केन्द्रीय समितिको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गरेको उनको भनाइ छ ।

‘सङ्गठनात्मक रूपमा गर्नुपर्ने काममा चुकेर कहिले नगर्ने कुरा गर्‍यौँ, कहिले गर्नुपर्ने छोड्यौँ । कहिलेकाहीँ भन्यौँ तर गरेनौँ’, पौडेलले भने, ‘जसरी जनताबाट कार्यकर्ता उत्पादन गरेका थियौँ, निरन्तरता दिन सकेनौँ । कतिपय पार्टीमा हुनुहुन्छ कति विदेश जानुभयो ।’

युवालाई प्रशिक्षण नदिँदा व्यवस्थाप्रति नै निराशा जागेर पलायन भइरहेको भन्दै पौडेलले देशमा र पार्टीमा कार्यकर्ता जोगाइरहन कठिन भइरहेको बताए । पार्टीहरू जनतामाझ नजाँदा केही नयाँ कुरै नआउने पौडेलको भनाइ थियो ।

‘जनतामाझ गएकै छैनौँ । पुरानै पङ्क्तिले मात्रै मैले पाइनँ, यतिले मलाई अझै पुगेन भन्ने यस्तै चक्रमा मात्र हामी घुम्यौँ’, पौडेलले भने, ‘२०६४/०६५ सालमा जुन हैसियतमा माओवादी थियो । त्यो स्थितिमा हामी छैनौँ ।’

पहिलो संविधानसभा निर्वाचनमा २२० सिट ल्याउँदै पहिलो बनेको माओवादी केन्द्र २०७९ को निर्वाचनबाट ३२ सिट जितेर तेस्रो पार्टी बनेको छ । २०६४ सालको पहिलो पार्टी २०७० यता भने निरन्तर तेस्रो पार्टीमा कायम छ । मतसंख्या घट्नुमा पार्टीकै व्यवस्थापकीय कमजोरी रहेको पौडेलको समीक्षा छ ।

राज्यको जिम्मेवारीमा रहेका पार्टीका नेतालाई पार्टी पुनर्निर्माणसँग जोड्ने, सिङ्गो पार्टीलाई पनि नयाँ ढङ्गले अगाडि बढाउने सङ्कल्पसहित देशका ६ हजार ७४३ वटै वडामा अभियान सञ्चालन गर्ने पौडेलले बताए ।

पछिल्लो समय शहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जित्नु पुराना पार्टीका लागि चुनौती भएको उनले बताए । ‘पछिल्लो पुस्ता र मतदातालाई दलले गरेको कामलाई सकारात्मक प्रत्याभूति हुन नसकेको कुरा शिक्षाका रूपमा लिनुपर्छ । अब हामी सच्चिनुपर्छ भनेर प्रण गर्ने कुरा हो’, पौडेलले भने ।

माओवादीले प्राप्त गरेका उपलब्धि र अहिलेसम्मका जसअपजस सबै ग्रहण गर्दै घरघर पुग्ने पौडेलले बताए । ‘साँचो कुरा के हो भने चाहे लडाकु होस्, चाहे घाइते होस् चाहे पनि नचाहे पनि गाली खाए पनि तिनको संरक्षण गर्ने माओवादी नै हो’, पौडेलले भने, ‘आलोचना पनि सहने र शहीद, बेपत्ता, घाइते परिवारमा पनि नजाने हो भने अब पार्टीको जीवनकै रूपमा रहँदैन ।’

सधैँ अरूसँग गठबन्धन गरेर होइन, आफैँ पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने सचिव पौडेलको भनाइ थियो । पौडेलले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प सोच्न नसकिने बताए ।

‘हाम्रो पार्टीको अध्यक्ष अहिले पनि सक्रिय हुनुहुन्छ । कुनै रोग व्याधिले अप्ठेरो पारेको छैन । राज्यको भूमिकामा पनि पार्टी कमिटीमा पनि उहाँले सक्रियतापूर्वक भूमिका निर्वाह गरेर, अझ भनौँ पार्टीको अध्यक्षमात्र नभएर अरु पार्टीहरूका अप्ठेरा पनि मिलाउन सक्ने भूमिकामा हुनुहुन्छ’, उनले भने ।

नेतृत्वका लागि क्षमता, योग्यता, कार्यदक्षता र कार्यकर्ताको स्वीकारोक्ति आवश्यक पर्ने पौडेलले बताए । नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाउने विषय पनि बाहिरका हल्लामात्र भएको उनको भनाइ छ ।

‘हिजोका साथीहरू एकीकरण हुँदा प्रचण्डभन्दा कहिल्यै माथि नभएका बाबुराम भट्टराईलाई फेरि उपाध्यक्ष स्वीकार्न समस्या हुँदैन । हिजो विप्लवले पाएको जिम्मेवारीमै फर्किए पनि पाउन सक्नुहुन्छ’, पौडेलले भने, ‘एकीकरण नै गरेर आउँदा प्राप्त गर्ने हिजोकै भूमिकामा कसैलाई समस्या हुँदैन तर संस्थापक हिसाबमै पदको बार्गेनिङको कुरा आउँदैन ।’

प्रतिक्रिया दिनुहोस