सर्पले टोकेर मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्पले टोकेर मृत्यु


३ भाद्र २०८०, आइतबार


सुरुङ्गा । झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए । 

उनका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस