काठमाडौँमा अब कक्षा १० सम्मै दिवा खाजा, महानगरले छुट्यायो रकम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँमा अब कक्षा १० सम्मै दिवा खाजा, महानगरले छुट्यायो रकम


२ भाद्र २०८०, शनिबार


काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको महानगरपालिकाले जनाएको छ ।

सङ्घीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले दिने गरेको रकममा शतप्रतिशत रकम थप गरी महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि रकम छुट्याएको छ।

काठमाडौँ महानगरले यही महिनादेखि नै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस