नयाँ आर्थिक वर्षको पहिलो महिनामै उठेन लक्ष्य अनुसार राजस्व « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ आर्थिक वर्षको पहिलो महिनामै उठेन लक्ष्य अनुसार राजस्व


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ ।

साउन महिनामा सरकारले ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । सङ्कलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८२.३३ प्रतिशत मात्र हो ।

भन्सारतर्फ सरकारले साउनमा ३९ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । सङ्कलन भने ३२ अर्ब ६६ करोड मात्र भएको छ ।

गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि भए पनि साउन महिनाले सरकारले सहज अवस्थाको संकेत भने गरेको छैन ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । पहिलो महिनामा ५ प्रतिशत हाराहारी मात्र सङ्कलन भएको छ । सरकारले पहिलो महिनामा राजस्व र अन्य आम्दानीमार्फत कुल ८८ अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन गरिसकेको छ ।

साउनमा आयकर १६ अर्ब ९ करोड रुपैयाँ सङ्कलनको लक्ष्य रहेकोमा १३ अर्ब २६ करोड मात्र सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि कर १४ अर्ब सङ्कलनको लक्ष्य रहेकोमा ११ अर्ब ४७ करोड रुपैयाँ सङ्कलन भएको छ ।

अन्तशूल्क भने १० अर्ब ६१ करोड रुपैयाँ सङ्कलन रहेकोमा ७ अर्ब ७० करोड रुपैयाँ मात्र सङ्कलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस