नियमित विद्यालय नआउने र नपढाउने शिक्षकलाई कारबाही हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नियमित विद्यालय नआउने र नपढाउने शिक्षकलाई कारबाही हुने


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ। दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको हो । 

नगरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी नभएको गुनासो अभिभावकबाट आएपछि नियमित विद्यालय नआउने शिक्षकलाई कारबाही गर्ने नगरपालिकाले जनाएको छ। विद्यालयमा नियमित उपस्थित नहुने, विद्यालयमा राजनीति गर्ने, नपढाउने शिक्षकहरूलाई नसुध्रिए कारबाही प्रक्रिया अगाडी बढाउने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

आफ्ना पेसाप्रति लगनशील नहुने जो सुकै शिक्षकहरूलाई कारबाहीको दायरामा ल्याइने नगरपालिकाले जनाएको छ । 

विद्यालय बिहान १० बजेदेखि ४ बजेसम्म नपढाएको पाएमा वा मर्यादाभन्दा बाहिर गएमा कारबाही हुने, विद्यालयको प्रधानाध्यापक अनुपस्थित भएमा अनिवार्य निमित्त प्रअलाई जिम्मेवारी दिई विद्यालय चलाउनुपर्ने निर्देशन दिइएको नगर शाखाको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस