कर्मचारीहरूले कार्यालय प्रवेश गर्नु अघि अनिवार्य राष्ट्रिय गान गाउनु पर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीहरूले कार्यालय प्रवेश गर्नु अघि अनिवार्य राष्ट्रिय गान गाउनु पर्ने


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । कर्मचारीहरूले कार्यालय प्रवेश गर्नु अघि अनिवार्य सामूहिक राष्ट्रिय गान गाउनु पर्ने भएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिकाले यस्तो नियम बनाएको हो । देश प्रतिको भावना जगाउन र नगरमा कार्यरत कर्मचारीहरूमा आत्मीयता बढाउनका लागी बुधवारदेखि यो नियम लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकास सिटौलाले प्रशासनलाई जानकारी दिए ।  

प्रमुख प्रशासकीय अधिकृत सिटौलाका अनुसार कर्मचारीहरूले बिहान १० बज्नुभन्दा केही समय अघि नै आएर ठीक १० बजे सामूहिक रूपमा राष्ट्रिय गान गाएर अनि मात्र आफ्नो फाँटमा जानुपर्ने नियम लागू गरिएको हो।

‘यसले एउटा देशप्रतिको भावना जगाउँछ, एकै छिन भएपनि सबै कर्मचारीहरू एक ठाउँमा भेला हुन्छन् भेट हुन्छ, ’उनले भने, ‘आत्मीयता बढ्छ, सबै कर्मचारी एकै ठाउँमा उभिँदा एकैछिन भएनी शोभा बढ्छ, त्यहीभएर यो नियम लागु गरिएको हो ।’

यो नियमले कर्मचारीहरूलाई ठीक समयमा कार्यालय आउने, कार्यालय पोसाकमा आउन प्रोत्साहन गर्ने र कार्यालयको नियमित कामसँगै नागरिकहरूको सेवा प्रवाहमा प्रति पूर्ण रूपमा जिम्मेवार बनाउने नगरपालीकाको विश्वास छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस