प्राधिकरणले भन्यो-‘पूर्वाग्रह राखेर कर्णालीमा हवाई उडान प्रतिबन्ध गरिएको होइन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्राधिकरणले भन्यो-‘पूर्वाग्रह राखेर कर्णालीमा हवाई उडान प्रतिबन्ध गरिएको होइन’


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको स्पष्ट पारेको हो ।

प्राधिकरणले कर्णालीका विमानस्थलहरूमा पूर्णरुपमा हवाई उडान प्रतिबन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरेको जनाएको छ । विमानस्थलहरूलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौँ, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको प्राधिकरणको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस