‘भ्रष्टाचारविरोधी लडाइँले जनतामा विश्वास बढ्यो, अर्को निर्वाचनमा बहुमत ल्याउँछौँ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘भ्रष्टाचारविरोधी लडाइँले जनतामा विश्वास बढ्यो, अर्को निर्वाचनमा बहुमत ल्याउँछौँ’


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी आफैँ रूपान्तरणको बाटो आफूहरू अघि बढेको बताएका छन् ।

२० औँ दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस र शहीदहरू राष्ट्रिय शहिद घोषणा गर्दा गर्व लागेको बताए ।

उनले भने, ‘जुनसुकै पार्टी वा पक्ष भए पनि परिवर्तनको प्रक्रियामा ज्यान गुमाउनेहरूप्रति सम्मान गर्नै पर्दछ । हिजो बन्दुक बोकेर परिवर्तनका लागि लड्यौँ । हामीले लडाइँ जारी छ भन्यौँ तर हामी कहीँ न कहीँ अल्मलियौं । अहिले फेरि हामीले त्यस दिशाको बाटो पहिल्याएका छौँ ।’

जनताप्रतिको जिम्मेवारी माओवादीले नै लिन पर्ने भन्दै गहिरो बोधका कारण सुशासनको अभियान सुरु गरेको बताए ।

उनले भने, ‘यही वा अन्य कारणले गठबन्धन भित्र कुनै समस्या छैन । हामी एक ढिक्काछौं । पार्टीले शुरु गरेको समाजवादको लडाई र सरकारले सुरु गरेको सुशासनको लडाइँ एक आपसमा सम्बन्धित छन् ।’

अब पार्टी सबै नेताहरू जनताको घरमा पुग्ने बताए । जनताको हितमा काम गर्नु बाहेक अर्को कुनै विकल्प नभएको बताए ।

उनले भने, ‘अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने छ । देश भित्रका केही ठूला योजनाहरू कार्यान्वयन गर्नेमा मेरो ध्यान केन्द्रित छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस