विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी गरेको छ।

बारम्बार सुरक्षामा त्रुटि भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुधारका लागि कार्यदल बनाइने र सो आधारमा विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गरिने बताएका हुन्।

विमानस्थलका निकायहरुबीच समन्वय नहुँदा सुरक्षामा त्रुटि भएको भन्दै आलोचना भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्न लागिएको हो।

प्रधानमन्त्रीले भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ। हामी छिटै एउटा निर्णयमा पुग्छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस