व्यावसायिक स्वार्थलाई ध्यान राखेर काम गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यावसायिक स्वार्थलाई ध्यान राखेर काम गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले व्यावसायिक स्वार्थलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

बुधबार सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकहरूलाई बिदाइ गर्दै आईजीपी कुँवरले प्रहरी सङ्गठनको सुधारका लागि व्यावसायिक स्वार्थलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका हुन्।

प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भएर उत्कृष्ट कार्यसम्पादन गर्न पनि उनले निर्देशन दिए ।

उनले कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुन आग्रहसमेत गरे ।

प्रहरी प्रधान कार्यालयले मङ्गलवार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा(सूचीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस