केही जिल्लाका सिडिओको सरुवा, चितवन प्रशासनमा थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केही जिल्लाका सिडिओको सरुवा, चितवन प्रशासनमा थापा


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । केही जिल्लाका सिडिओहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले चितवनसहित विभिन्न जिल्लाका सिडिओहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष व्यरोलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कायालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालको नुवाकोट सरुवा गरिएको छ ।

यसैगरी नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभाग कालीकास्थान काठमाडौँ सरुवा गरिएको छ भने सोही विभागमा कार्यरत चक्रपाणि पाण्डेलाई जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस