कोशीको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशीको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ  । कोशी प्रदेश प्रमुख परशुराम खापुङले अधिवक्ता बुद्धिबहादुर कटुवाललाई नियुक्त गरेका छन् । 

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यन्यायधिवक्ता पदमा नियुक्त गरेका हुन् । 

कटुवाल सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का स्थानीय हुन् । 

नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई आजै उच्च अदालत, विराटनगरका माननीय का.मु मुख्यन्यायधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख खापुङको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस