कानून तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कानून तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला 


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले, कानून तोडमोड गरेर निर्दोषलाई फसाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । 

सुशासन र मुलुकको वर्तमान अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा नेता कोइरालाले, कानून सबैका लागि समान भनेर बनाए पनि व्यवहारमा नदेखिएको गुनासो गरे । ‘हामी कानून किन बनाउँछौ । सय जनामा एकजना अपराधी हुन्छ भने त्यसको लागि कानून बनाइन्छ । तर कानून सबैको लागि बराबर हो ।’ उनले भने  ‘कानूनलाई ताडमोड गरेर निर्दोषलाई पनि हामी दोषि बनाउँछौ । सबै समान हो भनेर भन्न त भनिन्छ ।’ 

त्यस्तै उनले मानिसको चेतनाको स्तर नउठेसम्म समाज परिवर्तन हुन नसक्ने बताए। ‘विवेक भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो । विवेक जबसम्म मान्छेमा हुदैँन्, तबसम्म समाजमा परिवर्तन ल्याँउन सक्दैनौ । विवेक मानिसमा ६ देखि १८ वर्षको उमेरसम्म आउँछ ।’ उनले भने ‘हामी जुन सुशासनको कुरा गर्छौँ, त्यो सबै नैतिकता हो, नैतिकवान व्यक्ति हुने हो भने सुशासनको कुरा नै आउँदैन् । आफै सुशासन हुन्छ । तर त्यो नैतिक चरित्र निमार्ण गर्दा धेरै ध्यान दिनुपर्छ ।’ 

आफ्नो नैतिकता र चरित्र राम्रो बनाउँने हो भने सबै समस्याको समाधान हुने उनको भनाई छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस