सेतीमा युवक बेपत्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सेतीमा युवक बेपत्ता


२७ श्रावण २०८०, शनिबार


बझाङ। बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् ।

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता बम दुर्गाथली-२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस