१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई कारबाही गर्न मन्त्रीलाई महिला आयोगको सिफारिस 

अ+ अ-

काठमाडौं । राष्ट्रिय महिला आयोगले लोक सेवा आयोगको तयारी पुस्तकमा केटीलाई भालु किन भनिएको होला ? भन्ने प्रश्न राख्ने कर्मचारीलाई कारबाही गर्न वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रकुमार यादवलाई पत्राचार गर्दै मन्त्रालय मातहत कार्यरत सहायक संरक्षक रामएकवाल दासलाई कानूनबमोजिम कारबाही गर्नका लागि सिफारिस गरेकी हुन् ।

सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम र सांसदबाट समेत आपत्ति प्रकट गर्दै खबरदारी भएकोमा झण्डै तीन हप्ता बितिसक्दा पनि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण नभएको भन्दै आयोगले कारवाहीका लागि पत्राचार गरेको हो । 

 ‘त्यस मन्त्रालय मातहत कार्यरत एक जना राष्ट्रसेवकबाट यसरी जनसङ्ख्याको आधा हिस्सा महिलाको मान, मर्यादा, आत्मसम्मान र चरित्रमै आँच पुर्‍याउने महिलाको छवि धमिल्याउने किसिमको शब्द भाषा प्रकट गरी पुस्तक प्रकाशन गर्नु क्षम्य विषय नभएको ठहर गर्दै अब उप्रान्त कहीँ कसैबाट पनि यस किसिमको अभिव्यक्ति प्रकट हुन नपाओस् भनी उक्त पुस्तकका लेखक राम एकबाल दासलाई कानुन बमोजिम कारवाहीका लागि सिफारिस गरेको छु ।’आयोगकी अध्यक्ष पराजुलीले लेखेकी छन् ।

सम्बन्धित समाचार : अधिकृतको उन्माद ! लोक सेवा तयारी पुस्तकमा महिला लक्षित अपाच्य शब्दावली प्रयोग

प्रतिक्रिया दिनुहोस