सांसद र कर्मचारीलाई चुलो वितरण सुरु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सांसद र कर्मचारीलाई चुलो वितरण सुरु


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय चुलो वितरण सुरु गरेको छ ।

प्रतिगोटा साढे १३ हजार रुपैयाँमा खरिद गरिएका ६१३ वटा विद्युतीय चुलो वितरण सुरु भएको हो ।

प्रदेश सरकारले टेण्डरमार्फत अगेनो ब्राण्डका ६१३ वटा विद्युतीय चुल्हा खरिद गरेको थियो । ती चुलो सांसद र प्रदेश मातहतका कर्मचारीलाई वितरण गरिरहेको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खरिद गरी कोशी प्रदेशसभाका सांसदका लागि ८८ वटा र कर्मचारीका लागि ३१ वटा चुलो प्रदेश सभा सचिवालयमा पठाएको थियो ।

बिहीबारसम्म २१ जना सांसदले चुलो बुझेर लगेका जनाइएको छ । 

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खरिद गरेको विद्युतीय चुलोमा इन्डक्सन र इन्फारेड गरी दुई सुविधा रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले १३ हजार चार सय रुपैयाँका दरले खरिद गरेको चुल्हो बजारमा भने १० हजार ५०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्ममा पाइन्छ । व्यापारीका अनुसार प्रदेश सरकारले खरिद गरेकै अगोनको ब्राण्डको मोडल नम्बर ‘एजीएन-डी आईआई-१००’ को बजार मूल्य १० हजार ५०० देखि १२ हजार रुपैयाँमा पाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस