आयल निगम गण्डकीका प्रमुख दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आयल निगम गण्डकीका प्रमुख दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचार


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुखलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गरिएको छ । 

इन्धन चोरी गरेको आरोपमा निगमका प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अख्तियारलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।  

डिपोबाट १२ हजार लिटर डिजेलको बिल काटेर बाहिरिएको ट्याङ्करमा १५ हजार लिटर डिजेल भेटिएपछि कारबाही सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

उनले भने, १२ हजार लिटर डिजेलको बिल काटियो, हामीले चेकजाँच गर्दा ट्याङ्करमा १५ हजार लिटर डिजेल भेटिएपछि कर्मचारीहरुको संलग्नता देखिएपछि कारवाहीका लागी अख्तियारलाई पत्राचार गरेका हौँ ।’

शुक्रबार डिपोले ट्याङ्करमा १२ हजार लिटर डिजेल बिक्री गरेको थियो । तर, डाँडाकोनाक प्रहरी चौकीमा डिपोबाट गएको ट्याङ्करको नापजाँच गर्दा ट्याङ्करमा १५ हजार लिटर डिजेल भेटिएको प्रजिअ घिमिरेले बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस