राष्ट्रपतिसँग सभामुख र अध्यक्षको भेट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिसँग सभामुख र अध्यक्षको भेट


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस