एमालेको अवरोध गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

एमालेको अवरोध गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज (बुधवार) पनि अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक बैठक स्थगित भएको छ ।

आजको बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गरेको हो ।

बैठकको शुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताए ।

प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस