गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका-१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा-आँबुखैरेनी सडक खण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो । 

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उनको बारेमा जानकारी गराउने उद्देश्यले सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाको १० लाख तथा नेपाल मगर सङ्घको दुई लाखको लागतमा सालिक निर्माण गरिएको हो । 

सहिद थापामगरले १९११ सालमा पुरानो गोरख गणमा भर्ना भएर १९२७ सालदेखि विद्रोहको थालनी गरेको इतिहास छ । सहिद थापामगरलाई १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका-७ वुङ्कोटस्थित काहुले भङ्गारमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । उनलाई २०५६ सालमा नेपाल सरकारले सहिद घोषणा गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस