रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीले प्रिमियम मूल्यमा आजदेखि आइपीओ खुला गरेको छ।

कम्पनीले आजबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको हो।

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०५ ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ। यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस