संसदीय समितिको भागबन्डामा सत्ता र प्रमुख प्रतिपक्ष हामीसँग तर्सिए : रास्वपा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदीय समितिको भागबन्डामा सत्ता र प्रमुख प्रतिपक्ष हामीसँग तर्सिए : रास्वपा


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमाले तर्सिएर संसदीय समितिको भागबन्डा गरेको टिप्पणी गरेको छ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी एमालेले समिति भागबन्डा गर्दै विपक्षी दलहरू रास्वपा र राप्रपालाई त्यसबाट बाहिर राखेपछि रास्वपा उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सा‌ंसद डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षले आफूअनुकूल निर्णय गर्न सजिलो हुने गरी भागबन्डा गरेको उनले बताए।

‘सत्ता र प्रमुख प्रतिपक्ष रास्वपादेखि तर्सिएका छन्। समितिको भागबन्डामा पार्नेबित्तिकै उनीहरूले भनेअनुसार निर्णय हुँदैन भनेर एकमत भएका हुन्,’ उनले भने, ‘प्रमुख प्रतिपक्ष दल एमालेले लेखा समिति पाउनेमा अरू दुइटा समिति पनि लिएर रमाइरहेको छ। प्रतिपक्षीको भूमिका हामी निर्वाह गर्छौँ, हामीलाई भाग खोज्नु र त्यसमा रमाउनु छैन।’

उनले सदन अवरुद्ध राखेर प्रमुख प्रतिपक्षी दल एमाले भाग खोज्दै हिँडेको पनि आरोप लगाए।

नेकपा (माओवादी केन्द्र) को सोमबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको बताएका थिए।

प्रचण्डले जानकारी गराएअनुसार नेपाली काँग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस