स्वास्थ्य कार्यालय चितवनद्वारा मनकामना अस्पतालसँग सुत्केरी मृत्युको विवरण माग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य कार्यालय चितवनद्वारा मनकामना अस्पतालसँग सुत्केरी मृत्युको विवरण माग


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ। चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ ।

शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो ।

कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आजै पठाउन अस्पताललाई भनिएको छ ।

भरतपुर महानगरपालिका-२६ की ३५ वर्षीया नबिना महतो थारुको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए ।

घटनापछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएको परिवारले जनाएको छ ।

सो अस्पताललाई गर्भपतन गराउने अनुमति नभएको भन्दै चौतर्फी आलोचनासमेत भएको छ ।

स्वास्थ्य कार्यालयमा गर्भपतन गराउन अनुमति लिएका अस्पतालको सूचीमा मनकामना अस्पताल पर्दैन । सो अस्पतालमा करिब चार महिनाको गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस