३८.३७ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

३८.३७ अङ्कले घट्यो नेप्से


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कको गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक ३८.३७ अङ्कले घटेर २०५१.४७ बिन्दुमा झरेको छ। यससँगै कारोबार पनि घटेको छ।

विभिन्न २६५ कम्पनीका ८० लाख सात हजार ३६१ कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ मूल्यमा कारोबार भएका छन्।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २३७.९६ र निर्जीवन बीमा समूहको उपसूचक २२२.६० अङ्कले घटेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस