युवक हत्या आरोपमा भतिज अजय र भान्जा हरिश पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

युवक हत्या आरोपमा भतिज अजय र भान्जा हरिश पक्राउ


२० श्रावण २०८०, शनिबार


काठमाडौँ । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले उनकै भतिज र भाञ्जालाई पक्राउ गरेको छ । कुवेर दमाई (हले)  को हत्या आरोपमा उनकै भतिज र भान्जा नाता पर्ने दुई युवक पक्राउ परेका हुन् । गत साउन १८ गते ३५ वर्षीय दमाईको शव बन्द नदीको बगरमा गाडिएको अवस्थामा फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गर्ने क्रममा दमाईको भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरूले मृतक कुवेर दमाईले घरमा आमाबुबालाई दुःख हैरानी दिने, घरमा रहेका सामानहरू समेत बचेर रक्सी खाने गरेको जानकारी दिएका थिए ।

सोही विषयमा दुई जनाले दमाईलाई बन्द नदीको किनारमा लगेर मादन पदार्थ खुवाएर सम्झाउने क्रममा वादविवाद भएपछि कुटपिट गरेर टाउकोमा ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेका छन् ।  मृत्युपछि कसैले थाहा नपाउन् भनेर उनीहरूले दमाईको शवलाई खोला किनारमा गाडेका थिए । घटनामा संलग्न अजय र हरिशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस